शुक्रबार, चैत्र १६, २०८०

सगरमाथा म्युजिक अवार्ड २०७५ आवेदन फारम खुल्यो

काठमाडौं असार ५, ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ हुँने भएको छ । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा हुने उक्त अवार्डको आवेदन फारम असार १ गतेबाट खुल्ला भएको आयोजक समितिका अध्यक्ष मनोज थापाद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पहिलो पटक हुने लागेको यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र भजन तर्फबाट ५१ विधामा अवार्ड प्रदान गर्नुको अलावा अवार्डमा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने आयोजक रेस्पोन्सिभ मिडियाले जनाएको छ ।

त्यस्तै सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु-याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई नगदसहित सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । अवार्ड सम्बन्धी कुनै पनि जानकारी अवार्डको अफिसियल फेसबुक पेजबाट लिन सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।