शुक्रबार, चैत्र १६, २०८०

संघीय संसद अन्र्तगतआज दुबै सदनको संयुक्त बैठक बस्दै ,संयुक्त सदन सञ्चालनको नियमावली पारित गरिने

काठमाडौं असार ३ , आज दिउँसो ४ बजे बस्ने संघीय संसद्को दुबै सदनको संयुक्त बैठक बस्ने भएको छ । संयुक्त बैठक तथा समिति सञ्चालनको नियमावली पारितका लागि बैठक बस्ने लागेको संसद सचिवालयले जनाएको छ । त्यस्तै सचिवालयले यसअघि जेठ २८ गते संयुक्त बैठक आह्वान भए पनि प्रक्रियागत त्रुटि भएको भन्दै अन्तिम समयमा सूचना टाँसेर स्थगित गरिएको जनाएको छ।

आजको बैठक मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त बैठक आह्वान गरिसक्नुभएको छ । संविधानको धारा ६६ (२) बमोजिम राष्ट्रपतिले संघीय संसदको दुबै सदनको संयुक्त बैठक आव्हान गर्नु भएको हो

सचिवालयका अनुसार आजको संयुक्त बैठकमा संयुक्त सदन सञ्चालनको नियमावली पेस गर्दै पारित भएसंगै पारित नियमावली अनुसार संयुक्त सदनका सदस्य प्रतिनिधित्व रहने गरी दुई समिति गठन हुनेछन् । जसमा राज्यका नीति निर्देशक सिद्धान्त कार्यान्वयन तथा अनुगमन समिति बनाइनेछ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।