शुक्रबार, बैशाख ७, २०८१

वीरता जेसीजद्दारा वृक्षरोपण

   बिर्तामोड, जेठ २२, विश्व वातावरण दिवसको अवसर पारेर वीरता जेसीजले साइकल र्याली तथा उद्योगमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।   ‘प्लाष्टिक प्रदुषण निर्मूल पारौं, सके पुनः प्रयोग नसके बहिष्कार गरौं’ भन्ने नाराका साथ वीरता जेसीजको आयोजनामा साइकल र्यालीसहित बिर्तामोड–२ स्थित कञ्चनजंघा सिमेन्ट उद्योग प्रालि परिसरमा वृक्षरोपण सहित साइकल र्यालीको आयोजना गरेको छ ।

बिर्तामोड नगरपालिका–२ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि संग्रौलाले वातावरण दिवसमा वीरता जेसीजले उद्योगमा वृक्षरोपण गरेर राम्रो कार्यको शुरुवात गरेको बताउँदै बिर्तामोड नगरपालिका–२ मा रहेका प्रत्येक उद्योग तथा कलकारखानाहरुमा अभियानको रुपमा वृक्षरोपण गरिने बताएका थिए ।

कार्यक्रममा जेसीज पूर्व अध्यक्ष समाजका अध्यक्ष विनोद बस्नेत, महासचिव विष्णुप्रसाद रिमाल, चेम्बर अफ कमर्स झापाका अध्यक्ष सन्तोषकुमार अग्रवाल, वीर अमरसिंह माविका प्राचार्य यदुनाथ अधिकारी, मोहनमाया माविका शिक्षक पुण्यप्रसाद भण्डारी, वीरता जेसीजका पूर्व अध्यक्षहरु वेदप्रकाश अग्रवाल, राजकुमार पोखरेल, निर्मल भट्टराई, बिर्तामोड–२ का वडा सदस्य किशोरकुमार पौडेल लगायतको आतिथ्य रहेको थियो भने र्यालीमा वीर अमरसिंह मावि र मोहनमाया माविका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।  यसैबीच वृक्षरोपण कार्यक्रम अन्तर्गत जिल्ला वन कार्यालय झापाले उपलब्ध गराएको सिरिस र मलेसियन साखका १०० वटा भन्दा बढी बिरुवा रोपिएको वीरता जेसीजका शाखा सम्पादक तुलसीप्रसाद निरौलाले जानकारी दिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु