बुधबार, बैशाख १२, २०८१

विधेयक प्रमाणीकरणभएसंगै स्थानीय तहका जनप्रतिनिधिले पाउँने भए सेवा सुविधा

 जिसस  प्रमुखको मासिक तलब भत्ता रु ४१ हजार, उपप्रमुखको रु ३६ हजार,उपमहानगरपालिकाका प्रमुखको रु ४० हजार, उपप्रमुखको रु ३५ हजार

काठमाडौं जेठ २८,    १२  जिल्ला रहेको प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।

प्रदेश प्रमुख झाबाट आज विधेयक प्रमाणीकरण भएसंगै स्थानीय तहका जनप्रतिनिधिहरूलाई सेवा सुविधा प्राप्तिको मार्ग प्रसस्त भएको उल्लेख गर्दै प्राप्त समाचारमा अव प्रदेश नं ५ का स्थानीय तहका जनप्रतिनिधिमध्ये जिल्ला समन्वय समितिका प्रमुखको मासिक तलब भत्ता रु ४१ हजार, उपप्रमुखको रु ३६ हजार र सदस्यको रु १६ हजार, उपमहानगरपालिकाका प्रमुखको रु ४० हजार, उपप्रमुखको रु ३५ हजार रुपैयाँ, वडाध्यक्षको रु २६ हजार, कार्यपालिका सदस्यको रु। १५ हजार र वडा सदस्यको रु नौ हजार हुने उल्लेख गरिको छ ।

त्यस्तै नगरपालिकाका प्रमुखको मासिक रु ३५ हजार, उपप्रमुखको रु ३० हजार, वडा अध्यक्षको रु २५ हजार, कार्यपालिका सदस्यको रु १३ हजार, सदस्यको रु आठ हजार र गाउँपालिकाका अध्यक्षको मासिक रु ३० हजार, उपाध्यक्षको रु २७ हजार, वडा अध्यक्षको रु २० हजार, कार्यपालिका सदस्यको रु १२ हजार र सदस्यको रु सात हजार हुने छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।