बिहिबार, बैशाख १३, २०८१

राष्ट्रपति भण्डारीसमक्ष जापान,ट्युनिसिया, डेनमार्क र भेनेजुयलाका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

  काठमाडौ असार १३ , राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि विभिन्न चार देशका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक विशेष समारोहमा नेपालका लागि जापानी राजदूत मासामिचिसाइगो (आवासीय), नेपालका लागि ट्युनिसियाका राजदूत नेज्मेदिन लखाल (गैरआवासीय), नेपालका लागि डेनमार्कका राजदूत पिटर ताकोसे जेन्सेन (गैरआवासीय) र नेपालका लागि भेनेजुयलाका राजदूत अगस्टो मोन्टियल (गैरआवासीय)ले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

त्यस्तै ओहोदाको प्रमाणपत्र प्रस्तुत कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यसअघि राजदूतहरुलाई काठमाडौँस्थित होटल सांग्रिलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।