मङ्लबार, बैशाख ११, २०८१

युवा साहित्यकार महर्जनको “फाटिएको प्रतिबद्ध मन” विमोचित

साहित्य भनेको समाजको ऐना : ब्याकुल माइला

   काठमाडौं जेठ १९ , युवा साहित्यकार श्यामकृष्ण महर्जनको तेश्रो कृति “फाटिएको प्रतिबद्ध मन” लोकार्पण गरिएका छ ।  राष्ट्रिय गितका रचयिता ब्याकुल माइलाले एक कार्यक्रमकावीच युवा साहित्यकार महर्जनको कृतिको लोकार्पण गर्नु भएको हो । त्यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि ब्याकुल माइलाले साहित्यको गन्तव्य समाज र साहित्य भनेको समाजको ऐना हो भएको बताउँदै समाजको, देशको अनि हाम्रो जीन्दगीको मोडलाइ सहि बाटो तर्फ डो-याउनको लागि साहित्यको सिर्जना भएको बताउँनु भएको छ । 

लेखनलाई प्रकृतीको देन भन्न रुचाउने युवा श्यामकृष्ण महर्जन अर्थात साहियत्यकार घायल चर्चित साहित्य सेतो धर्ती, पल्पसा क्याफे, चिना हराएको मान्छे मसान आदि उहाँका विशेष रुचीका साहित्य रहेको बताउँछन । वहाँको पहिलो कृति २०६० सालमा जब दिल रुन्छ (कविता संग्रह) प्रकाशित भएको थियो भने २०६८ साल दोश्रो कृति जिन्दगीका भोगाइहरु रहेका छन् । त्यस्तै प्रस्तुत कृति “महिला संवेदनामा आधारित यो तेश्रो कृति विदेश बसाइको उपज हो जसमा मेरो अर्धाङ्गिनी रुपा महर्जनको सहयोगमा महिलाको मनोभावलाई आफ्नो शक्तिले भ्याएसम्म उजागर गर्ने प्रयास गरेको उनले कार्यक्रममा जानकारी दिए ।

कार्यक्रममा कृतिको समिक्षा गर्दै आर.पी. गाउँलले काठमाडौंमा महिलाको पिडा समेटिएको यस पुस्तकमा महिलाले बाँच्नको लागि गरेका संघर्षका कथालाई उजागर गरेको जनाउ दिनु भएको उक्त कार्यक्रमा प्राचार्य नारायण कार्की, कामपा १५ वडाका सदस्य आनन्दराम गौतम लगायतले पुस्तकको बारेमा आ–आफ्नो भनाई राख्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।