बिहिबार, चैत्र १५, २०८०

मातृभाषामा पठन पाठन गराउँदा सिकाईमा सहजता हुने मन्त्री पोखरेलको विस्वास

 महोत्तरी असार १० , मुलुकमा संघीयता शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले महोत्तरीको जलेश्वरनाथ नगरपालिका वडा नं.७ स्थित  श्री माध्यमिक विद्यालय बखरीभाठ, श्री जिवन माध्यम आधारभूत विद्यालय अंकार, श्री राष्ट्रिय आधारभूत विद्यालय बेला र श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय महादेवपट्टिमा मातृभाषा मैथिली शिक्षाको शुभारम्भ गर्नुभएको हो ।  त्यस अवसरमा  मन्त्री पोखरेलले वालवालिकालाई मैथिली पुस्तक प्रदान गर्दै स्थानीय विद्यालयमा मातृभाषा मैथिली विषयको पठन पाठन प्रारम्भ भएको घोषणा गर्नु भएको  हो  ।    

 

 

 

शनिवार  मावि वखरीभाटमा आयोजना गरिएको   घोषणा सभालाइ सम्बोधन  मन्त्री पोखरेलले नेपाली पछि सवैभन्दा वढी वोलिने मैथिली भाषामा पठन पाठन गराउदा वालवालिकाले कुरा चाडै वुझ्ने र सिकाईमा सहजता हुनुको अलावा वालवालिकाहरुमा शिक्षा प्रतिको मोह वृद्धि हुनुको अलावा शैक्षिक स्तर सुधार्न थप मद्दत गर्ने वताउनु भएको छ ।

 जलेश्वरनाथ नगरपालिकाका वडा नं. ७ स्थित   , राष्ट्रिय आधारभुत विद्यालय वेला र नेपाल राष्ट्रिय आधारभुत विद्यालय महादेवपटटीमा १०० पुर्णांकको मातृभाषा मैथिली विषयको कक्षा यसै शैक्षिक सत्रदेखि पठन पाठन हुने भएको हो ।  त्यस्तै कार्यक्रममा जलेश्वरनाथ नगरपालिका वडा नं ७ का वडाअध्यक्ष रामछविलास यादवले नगरपरिषदवाटै अनुमोदन गराई विगत केहि महिना देखि मैथिली शिक्षण लागु गर्न प्रयासरत रहेको र आज सो प्रयास सफल भएकोमा खुसी व्यक्त गर्दै विद्यालयमा मैथिली शिक्षण र अतिरिक्त कृयाकलापको लागि दुईजना शिक्षा स्वयमसेवक वडा कार्यालयले नै नियुक्त गरेको जानकारी दिनु भएको थियो ।

 कार्यक्रममा यता प्रतिनिधी सभा सदस्य इन्दु शर्मा,प्रदेश सभा सदस्यहरु रानी तिवारी शर्मा,अभिराम शर्मा र शारदा थापा , शिक्षा विभागका निर्देशक वावुराम पौडेल तथा अन्य पदाधिकारीहरुका साथै पुर्व सांसदहरु रामकुमार शर्मा,रामदयाल मण्डल शिक्षा समन्वय ईकाई समिति संयोजक शत्रुधन यादव लगायतको उपस्थिति रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।