शुक्रबार, चैत्र १६, २०८०

महानगर उप-प्रमुखलाइ ध्यानाकर्षण सहित रानीपोखरीमा उम्रिएको घाँस उपहार

 काठमाडौ असार ५,   पूर्खाको अमानत उपत्काको मूर्त तथा अर्मुत सम्पदा संरक्षणमा प्रतिवद्ध गणपतिलाल श्रेष्ठ नेतृत्वको  स्थानीय सम्पदा बचाउ अभियानमा आवद्ध समुदायले आज काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाइ रानीपोखरीमा उम्रिएको घाँस उपहार दिएका छन ।

रानीपोखरी वरिपरी लगाइएको कंक्रितको सिमेन्टको पर्खाल भत्काउने कुनै सुरसार नगरी रानीपोखरीको पुनःनिर्माणको सवालमा महानगरले प्रदर्शन गर्दै आएको कार्यशैलीप्रति असन्तुष्ट ति समुदायले उपप्रमुख श्रेष्ठलाइ ज्ञापनपत्र सहित ध्यानाकर्षण गराएको हो ।

ज्ञापनपत्र पत्र बुझ्दै उपप्रमुख श्रेष्ठले पदन्डविपरीत लगाइएको पर्खाल हटाउने निर्णय भइसकेको जानकारी दिँदै सर्वोच्च आदालतमा मुद्दा परेकाले पनि काममा ढिलाइ भएको भन्दै रनीपोखरीको रानीपोखर��को पुनःनिर्माण पुरानै शैलीमा हुने जनाउ दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।