शुक्रबार, बैशाख १४, २०८१

प्रदेशसभा बैठकद्दारा रेडियो, एफएम र टेलिभिजन सम्बन्धी नयाँ कानुन पारित

 रु १० हजारदेखि एक लाखसम्म जरिवाना गर्ने प्रावधान 

 काठमाडौं असार ५,  पछिल्लो समय प्रेस स्वतन्त्रताका नाममा स्वच्छन्दता र अराजकता बढ्दै गएको भन्दै प्रदेश नं १ को प्रदेशसभा बैठकले रेडियो, एफएम र टेलिभिजन सम्बन्धी नयाँ कानुन पारित गरेको छ ।

पारित कानुन अनुरुप नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा संघीय इकाइबीचको सम्बन्ध वा विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सम्बन्धमा खलल पर्ने गरी आम सञ्चारका माध्यममा गाली बेइज्जती वा अदालतको अवहेलना हुने जस्ता कार्यक्रममाथि रोक लगाउँदै त्यस्ता कामकारवाही भए वा गरे रु १० हजारदेखि एक लाखसम्म जरिवाना गर्ने प्रावधान राखिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।