शुक्रबार, चैत्र १६, २०८०

पिडान प्रदेश न १.को अध्यक्षमा के. एल.दास

 काठमाडौं असार १६ , मुलुकको पछिल्लो परिवर्तित राज्यगत संरचना अनुसार थोक औषधी ब्यबसायीहरूको छातासंगठन नेपाल औषधी थोक ब्यबसायी संघ   (पिडान)को प्रादेशिक शाखा विस्तारको क्रमले तिव्रता लिएको छ ।  केहि समय अघिमात्र प्रदेश न ४. पोखराको प्रादेशिक संरचना विस्तार गरेको पिडानेले आज आफ्नो प्रदेश न १. अन्र्तगतको प्रादेशिक संरचनालाइ पूर्णता दिएको हो ।

 प्राप्त समाचारमा उल्लेख भएअनुसार आज सम्पन्न पिडान तदर्थ समितिको सम्पन्न विधिवत अधिवेशनले केएल दासको अध्यक्षतामा विस्तार भएको प्रादेशिक संरचनाको नयाँ कार्यसमितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमस  सन्तोष शर्मा, पंकज सह, दीपकुमार सिंह रहनु भएको छ । त्यस्तैगरि कार्य समितिका सदस्यहरुमा , सन्तोष बुढाथोकी,बिद्यानन्दन मन्डल्, दिपेश शर्मा र टेकेन्द्र बुढाथोकी रहेका छन  ।  त्यस्तैगरि समितिका सल्लाहकारमा देश बन्धु ढकाललाइ चयन गरिएको   छ ।

यसैवीच पिडानका केन्द्रीय अध्यक्ष शिवराज वास्कोटाले एक शुभकामना सन्देस जारी गर्दै नवगठित प्रादेशिक कार्यसमितिका अध्यक्ष केएलदास नेतृत्वको  सिङगो कार्यसमितिको तर्फबाट प्रदेश न १. मा रहेको सम्पूर्ण नेपाल औषधी थोक ब्यबसायीहरुको हकहित तथा अधिकारको क्षेत्रमा उल्लेख्य कार्य सम्पादन हुने विस्वास व्यक्त गर्दै कार्यसमितिको सफलताको लागि  शुभकामना ब्यक्त गर्नु भएको छ ।  यसैक्रममा यस  http://www.kantipurhotline.com  को तर्फबाट पनि नेपाल औषधी थोक ब्यबसायी संघका प्रदेश न १. का अध्यक्ष के.एल.दास नेतृत्वको  सिङगो कार्यसमितिको सफलताको कामना गर्दछौं ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।