मङ्लबार, बैशाख ४, २०८१

नेपाल- चीनवीच १४ बुँदे सम्झौता गर्दै प्रधानमन्त्री ओली स्वदेश फर्किए

 काठमाडौ असार १० ,   प्रधानमन्त्री केपी  ओली  गत असार ५ गते चीनको छदिने औपचारिक भ्रमणका लागि त्यसतर्फ जानु भएका प्रम ओली आज आफ्नो भ्रमण पूरा गरी आज स्वदेश फिर्ता हुनुभएको छ ।  प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आई पुग्नुभएको हो उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा कावा प्रम समेतको जिम्मेवारी सम्हाल्नु भएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीको चिन भ्रमणको क्रममा नेपाल चीनवीच केरुङ–काठमाडौं रेल परियोजना, दुई परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना, सम्बन्ध विस्तार कार्गो सञ्चालन मा रसुवागढीमा पुल निर्माण सहयोग सम्झौता, मितेरीपुल निर्माण सहयोग सम्झौता, उत्पादनमा लगानी तथा सहकार्य सम्झौता, मानव स्रोत सहकार्यसम्बन्धी र आर्थिक र प्राविधिक सहकार्यलगायतका  १४ बुँदे सम्झौता ग  सम्झौता भएको  प्रम ओलीले  अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुलाइ जानकारी दिनु भएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।