शुक्रबार, बैशाख ७, २०८१

नेपाली सुरक्षाकर्मीको सुरक्षा तैनाथीमा ट्रम्प र किमबीच चारबुँदे सहमति

 समाचार एजेन्सी जेठ २९,  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङले पूर्णपरमाणु निःशस्त्रीकरणका लागि प्रतिबद्ध तुल्याउने ऐतिहासिक संयुक्त सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

वार्तास्थलको सिंगापुर प्रहरीमा कार्यरत् नेपाली सुरक्षाकर्मीको सुरक्षा तैनाथीमा  उहाँहरुवीच आज भएको वार्तापछि चारबुँदे सहमतिमा हस्ताक्षर भएको हो । समाचार एजेन्सीका अनुसार चारबुँदे सहमतिपत्रमा ‘संयुक्तराज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया शान्ति र समृद्धिका लागि दुवै देशका जनताको चाहनाबमोजिम अमेरिकी र उत्तर कोरियाली नयाँ सम्बन्ध स्थापना गर्न प्रतिबद्ध रहनुको अलावा , दुवै मुलुकले कोरियाली प्रायद्वीपमा दीगो र स्थायी शान्ति निर्माण गर्न आपसी प्रयासलाई एकताबद्ध तुल्याउने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै उत्तर कोरियाले पूर्णपरमाणु निःशस्त्रीकरणका दिशामा काम गर्न प्रतिबद्धता व्यक्त गरिएको छ भने दुवै मुलुकले युद्धबन्दी र लडाइँकाक्रममा बेपत्ता भएकाहरुको अवशेष खोजी गर्ने र पहिचान भइसकेका पार्थिव अवशेषहरुलाई सम्बन्धित देशमा तत्काल पठाउन पनि प्रतिबद्धता जनाएइको छ ।   यसअघि अर्थात सहमति पत्रमा हस्ताक्षरपूर्व मंगलबारै ट्रम्प र किमबीच दोभासेमार्फत् एक्ला–एक्लै करिब ४५ मिनेट र त्यसपछि दुवै मुलुकका प्रतिनिधिमन्डलबीच वार्ता भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु