बिहिबार, बैशाख १३, २०८१

नेकपा अण्डरलाइनका अध्यक्ष केपी ओली नेतृत्व सरकारको मौजुदा संरचनामा हेरफेर

दुइजना उपप्रम रहने व्यवस्था

काठमाडौ जेठ १८, नेकपा  अण्डरलाइनका का अध्यक्ष केपी ओली नेतृत्वको सरकारको संरचनामा हेरफेर भएको छ । सरकारको मौजुदा स्वरुपमा भएको हेरफेर अनुसार यसअघि रक्षामन्त्रीको जिम्मेवारीमा रहनु भएका ईश्वर पोखरेललाइ उपप्रधानमन्त्री समेतको जिम्मेवारी दिएको छ भने संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका उपेन्द्र यादवलाइ  उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त गरिएको छ । 

त्यस्तै सन्चार तथा सूचना प्रविधिराज्यमन्त्रीको सजिम्मेवारीमा रहनुभएका गोकुलप्रसाद बाँस्कोटालाइ फुल मन्त्री बनाईएको छ । साथै फोरमको तर्फबाट सहरी विकासमन्त्रीमा मोहम्मद इस्तियाक राईलाइ नियुक्त गरिएको छ ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नवनियुक्त उपप्रम तथा मन्त्रीहरुले आजै राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उनीहरुलाई पद तथा गोपनीयताको शपथ समेत लिएका  छन । भण्डारीले शुक्रबारै यादव र राईलाई मन्त्रीमा नियुक्त तथा बाँस्कोटालाई राज्यमन्त्रीबाट बढुवा गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।