शनिबार, बैशाख ८, २०८१

निर्धारित समय सकिन ४ मिनेट बाँकीको समयमा मार्कस रोहोले अर्जेन्टिनाको शान जोगायो

  • फ्रान्स विजेता तथा डेनमार्क उपविजेता बन्दै अन्तिम १६मा 
  •  अर्जेन्टिनाले अव फ्रान्सको सामना गर्ने 
  • आज ब्राजिल र सर्विया तथा स्विट्जरल्यान्ड र कोष्टारिकावीचको खेल हुने

काठमाडौ असार १३, विश्वकप फुटबलअन्तर्गत गएराती भएको खेलमा  नाईजेरियालाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको अन्तिम १६मा प्रवेश गरेको छ । समुह चरणको दुई खेलमा कुनै जित निकाल्न नसकेका अर्जेन्टिनाले मंगवारको खेलमा नाईजेरियालाई २९१ ले पराजित गरेको हो  ।

खेलको १४ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिएपनि दोस्रो हाफमा नाईजेरियाले पाएको पेनाल्टीलाइ गोलमा परिणत गर्दै खेल वरावरी गरेका थिए । तर निर्धारित समय सकिन ४ मिनेट बाँकी छँदा अर्जेन्टिनाका डिफेन्डर मार्कस रोहोले गरेको पछिल्लो गोल अर्जेन्टिनाका लागि निर्णायक बनेको थियो ।   समुहका ३ खेलबाट ४ अंक सहित अर्जेन्टिना समूह उपविजेता बन्दै अन्तिम १६मा पुगेको हो । अवको खेल आगामी शनिवार नेपाली समय अनुसार बेलुकी पौने ८ बजे अर्जेन्टिना र फ्रान्स वीचको खेल हुनेछ ।

यसैवीच समूह सी को अन्तिम खेलमा डेनमार्क र फ्रान्सले गोलरहित बराबरी खेलेसँगै यो समूहबाट फ्रान्स विजेता तथा डेनमार्क उपविजेता बन्दै अन्तिम १६मा प्रवेश गरेको छ ।  समूहमा यसअघी सुरुवाती दुई खेल जित्ने क्रममा अस्ट्रेलिया र पेरुलाई हराएको फ्रान्सले ७ अंक जोड्दा पेरुबिरुद्ध जित र अष्ट्रेलियासँग बराबरी गरेको डेनमार्क ५ अंक जोड्न सफल भएको थियो । अन्तिम १६ मा अब डेनमार्कले क्रोएसियावीच आमनेसामने हुने भएको छ ।

त्यस्तै आज हुने ४ खेलमा समूह ‘ई’ र ‘एफ’ बाट अन्तिम चरणका लिग खेल अन्र्तगत नेपाली समय अनुसार बेलुकी पौने ८ बजे हुने खेलमा जर्मनी र दक्षिण कोरिया तथा मेक्सिको र स्विडेनवीचको खेल हुनेछ भने समुह ई बाट ब्राजिल र सर्विया तथा स्विट्जरल्यान्ड र कोष्टारिकावीचको खेल हुने भएको छ ।

यसअभि ब्राजिल र स्विटजरल्याण्डले आफ्नो खातामा ४/४ अंक जम्मा गरेको छ भने सर्वियाको ३ अंक रहेको छ । त्यस्तै आजको खेलमा ब्राजिललाई खेल सके विजयी नसके कम्तिमा बराबरी गर्नुपर्नेछ देखिन्छ । तर ने सर्वियालाई आजको खेल जित्नैपर्ने बाध्यता रहेको छ । त्यस्तै स्विट्जरल्यान्डले पनि कोष्टा रिका विरुद्धको खेल बराबरी गरेको खण्डमा   राउन्ड अफ सिक्सटिनमा छनौट पक्का रहेको छ ।

  तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।