शुक्रबार, बैशाख १४, २०८१

ठगी गरेको आरोपमा थुनामा रहेका व्यवसायी बस्नेत धरौटीमा रिहा

 भक्तपुर जेठ २२,  ओरेन्टल सहकारी संस्थाको निक्षेप ठगी आरोप लगायत विभिन्न कम्पनीका नाममा रु १ अर्ब ६० करोडभन्दा बढी ठगी गरेको आरोपमा थुनामा रहेका व्यवसायी सुधीर बस्नेतलाई भक्तपुर जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ ।

भक्तपुर जिल्ला अदालतका न्यायाधीश भोजराज शर्माको एकल इजलासले राम खयरगोलीको जाहेरी रहेको मुद्दामा रु & लाख, गंगालाल खयरगोलीको जोहेरी मुद्दामा रु ५ लाख र न्यायाधीश मोहमद जुनेद आजादको इजलासले जगत त्वायनाको जाहेरी मुद्दामा ५० हजार माग गरेको धरौटी रकम बुझाएपछि बस्नेत तारेखमा रिहा भएको अदालत जनाएकोछ ।

गत २०७३ साल पुस १३ गते धापासीस्थित घरबाट पक्राउ परेपछि काठमाडौं र भक्तपुर जिल्ला अदालतले जेल सजाय सुनाएपछि उनी डिल्लीबजार सदरखोरमा कैदी जिवन काटिरहेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।