शुक्रबार, चैत्र १६, २०८०

जापानद्दारा कोलम्बिया २–१ ले पराजित

काठमाडौं असार ५,  विश्वकप फुटबल अन्र्तगत आज भएको समूह ‘एच’को खेलमा जापानले कोलम्बियालाई २–१ ले पराजित गरेको छ ।

खेलको छैटौं मिनेटमै गोल गर्दै जापानले अग्रता लिएको थियो । सिन्जी कागावाले पेनाल्टीमार्फत् गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए ।
डी बक्स भित्र हातले बल रोकेपछि चौथो मिनेटमा कोलम्बियाका कार्लोस सान्चेजले रातोकार्ड पाएका थिए ।
यद्यपी खेलको ३९औं मिनेटमा कोलम्बियाको तर्फबाट भएको गोलसंगै बराबरी भएको खेलको ७३औं मिनेटमा जापानको तर्फबाट भएको
गोलसंगै जापानलाई २–१ अन्तरमा विजयी भएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।