शुक्रबार, बैशाख १४, २०८१

जबरजस्ती करणीमा संलग्न अपराधीलाइ बचाउन घुस लिने अभियुक्त विरुद्ध मुद्दा दायर

 काठमाडौ जेठ २२,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जबरजस्ती करणीमा संलग्नलाई बचाउन घुस लिएको अभियोगमा वीर अस्पतालमा कार्यरत रेडियोग्राफर अधिकृत कृष्णप्रसाद तिमिल्सिना र सेवा आयोगका सचिव लक्ष्मणप्रसाद अर्याल विरुद्द मुद्दा दायर गरेको छ ।  रु ५० हजार घुस लिई गलत लिखत तयार पारेको अभियोगमा निजहरुविरुद्ध आज मुद्धा दायर गरेको हो ।

त्यस्तै आयोगका अनुसार अस्पतालको कागजात अनाधिकृत रुपले हेरफेर गर्ने केदारनाथ पराजुली र नक्कली कागजात पेश गर्ने आरोपी उद्धवप्रसाद नेपाल विरुद्धसमेत कैद साजय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।