बुधबार, बैशाख १२, २०८१

चीन भ्रमण बहुआयामिक रूपमा सफल भएको प्रम ओलीको जनाउ

 काठमाडौ असार १२,  प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाको आजको बैठकमा यही असार ५ गतेदेखि १० गतेसम्म आफूले गरेको छदिने औपचारिक चीन भ्रमण नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने उल्ल्ेख्यरुपमा सफल भएको बताउँनु भएको छ ।

त्यस्तै उहाँले बैठकमा चीन भ्रमण मुलुकको आर्थिक समृद्धिलाई अगाडि बढाउने लक्ष्यअनुरुप भएको जनाउ दिदै यसको लागि चीन सरकारसँग महत्वपूर्ण कुराकानी भएको संसदलाइ जानकारी दिदै  भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि जिन पिङ, समकक्षी लि खछ्याङ, चिनियाँ जनकंग्रेसका प्रमुख तथा तिब्बत सरकारका प्रमुखसँग भएको भेटवार्ता र यसवीचमा दुई देशवीच रेलमार्ग, सडक सञ्जालको विस्तार, प्रसारण लाइनलगायतका विषयमा महत्वपूर्ण सम्झौता भएको जानकारी दिनु भएको छ ।

त्यस्तै चिनियाँ अनुदानमा केरुङ काठमाडौँ रेलमार्ग अगाडि बढ्ने र काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग निर्माण कार्य समेत अगाडि बढ्ने विश्वास आफुले पाएको जनाउ दिदै सन् २०१९ को मे सम्म तातोपानी नाका खोल्ने, रसुवागढी सडक खण्डको विस्तार, पेट्रोलियम पदार्थको खोज तथा अनुसन्धानमा सहयोग गर्नसमेत नेपाल र चीनबीच सहमति भएको जानकारी दिनुभएको छ ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपतिलाई र आफ्नोतर्फबाट प्रधानमन्त्री लीलाई नेपाल भ्रमणको निम्ता दिएको जानकारी दिदै प्रम ओलीले नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने तय गरेको प्रस्तावप्रति चीन सरकारको तर्फबाट महत्वपूर्ण सहयोग उपलब्ध हुने आश्वासन प्राप्त भएको भन्दै प्रम ओलीले आफ्नो चीन भ्रमण े सोचेभन्दा बढी सफल भएको जनाउ दिनु भएको छ ।