मङ्लबार, बैशाख ११, २०८१

कम्युनिष्ट सरकारले बहुमतको दम्भमा मजदुर संगठनलाई निस्तेज पार्न खोेजेको अनुभूति भइरहेको छ

-अजयकुमार राई ,खुल्ला उपाध्यक्षका उम्मेदवार
यतिबेला नेपाल ट्रेड युनियन कांग्रेसको छैठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा जारी छ । युनियनको नेतृत्वका लागि पुष्कर आचार्य र खिलानाथ दाहाल समूह प्यानल नै बनाएर मैदानमा होमिएका छन । आचार्य समूहबाट विराटनगर निवासी अजयकुमार राई खुल्ला उपाध्यक्षमा प्रतिस्पर्धामा छन । सबै मजदुरसँग उस्तै परिचय र सम्वन्ध स्थापित गरेका राई लामो समयदेखि श्रमिक आन्दोलनमा क्रियाशील छन । उनी ट्रेड युनियन काँग्रेस  आबद्ध हुने मात्रै होइन यातायात मजदुर संघको एक पूर्ण अवधि केन्द्रीय सदस्य, महासचिव र लगातार ३ अवधि अर्थात् १५ वर्ष केन्द्रीय अध्यक्ष भइसकेका छन् । लामो समयदेखि इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन, लण्डनका एसिया प्रशान्त क्षेत्रको कार्यसमिति सदस्यसमेत भइसकेका राईसँग चुनावी एजेण्डा, भावी योजना लगायतका विषयमा केन्द्रित रहेर गरिएको कुराकानी ।
 
तपाईंको उम्मेदवारी के का लागि ? 
पुष्कर आचार्य समूहबाट खुला उपाध्यक्षतर्फ मेरो उम्मेदवारी हो । मैले लामो समयसम्म यातायात मजदुर संघमा रहेर यातायात श्रमिकका पक्षमा काम गरें र यसपटक ट्रेड युनियन कांगे्रसमा बसेर सबै प्रकृतिका श्रमिक कर्मचारी साथीहरूका हकअधिकारका पक्षमा काम गर्नका लागि र मैले लामो समयसम्म संघमा काम गरेको अनुभवलाई व्यवहारमा उतार्न सबै मजदुरको सुझाव अनुसार उम्मेदवारी दिएको हुँ । तपाईंलाई नै मत दिने तपाइका बलिया एजेण्डा के के छन ?
म ट्रेड युनियनको इमान्दार सिपाही हुँ । मैले मेरा टिमका सबै साथीभाइहरूको सहयोगले यातायात मजदुर संघलाई संस्थागत रुपमा स्थापित गरेको छु । म आफू लामो समयदेखि श्रमिक आन्दोलनमा समर्पित छु, यो श्रमिक आन्दोलन राष्ट्रिय अन्तर्रा्ष्ट्रिय रुपमा बुझेको छु । विदेशी श्रमिक आन्दोलनका नेता तथा विदेशी ट्रेड युनियनहरूसँगको सम्बन्ध राम्रोसँग स्थापित गरेको छु । त्यो सम्बन्धलाई ट्रेड युनियन  काँगेस आबद्ध सदस्यहरूलाई सहयोगका रुपमा उतार्न सक्छु । ऊर्जावान् ढंगले नयाँ सोच र प्रविधिका साथ काम गर्ने लक्ष्य राखेको छु । मैले बुझेको ट्रेड युनियन भनेको र्या्डिकल हुनुपर्दछ । तर, त्यो अहिले भुत्ते भएको छ । त्यसलाई धारिलो बनाउन पनि हामीजस्तो ऊर्जावान् व्यक्तिहरू आउनुपर्दछ भन्ने लाग्दछ । र, म जहिले पनि वर्गीय आन्दोलनका अभियन्ता भएकाले पनि सबै साथीहरूले सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा राख्दछु ।
नेपाली ट्रेड युनियन आन्दोलनका चुनौती के-के देख्नु हुन्छ ?
वर्तमान कम्युनिष्ट सरकारले बहुमतको दम्भमा मजदुर संगठनहरूलाई निस्तेज पार्न खोेजेको अनुभूति भइरहेको छ । मन्त्रीहरूले ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउनुपर्छ भन्ने कुराहरू सार्वजनिक रुपमा बोल्दै हिंडेकाले प्रथम चुनौती त्यही नै देख्दैछु । लामो समयदेखि कार्यरत शिक्षकहरूको स्थायी नगरेको अवस्था छ । कारखाना श्रमिकका विपक्षमा औद्योगिक व्यवसाय ऐन ल्याइएको छ, त्यो चुनौती छ । नयाँ श्रम ऐन र सामाजिक सुरक्षा ऐन आएको छ । त्यो नियमावली बनाइकन लागू गराउनुपर्ने अवस्था छ । अन्तर्रा्ष्ट्रिय रुपमै रोजगारीहरू औपचारिक क्षेत्रबाट अनौपचारिक हुँदैछ । त्यो सबलाई सम्बोधन गर्नुपर्ने चुनौतीसमेत रहेको छ । हाम्रो समूहले विजय हासिल गरेमा ती सबै मुद्दाहरूमा प्रतिबद्ध भएर समाधानका लागि लाग्ने प्रण समेत गर्दछु ।
संस्थाको अन्तराष्ट्रिय सम्वन्ध कस्तो हुन्छ यहाँ नेतृत्वमा पुगे पछि ?
ट्रेड युनियन काँग्रेस  भनेको अन्य भातृ संस्था जस्तो हैन । यसको आफ्नै छुट्टै प्रकारको विशेषता छ र वैदेशिक सम्बन्ध रहेको छ । अहिले पहिलेभन्दा वैदेशिक सम्बन्ध अलि कमजोर जस्तो देखिन्छ । त्यसर्थ त्यसलाई बलियो बनाउन म लागिपर्नेछु । म लामो समयसम्म इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनको एसिया प्रशान्त क्षेत्रको सदस्य भएको र भारतीय ट्रेड युनियन महासंघका नेताहरूसँग पनि मेरो व्यक्तिगत सम्बन्ध राम्रो रहेकाले आपसी भाइचारा कायम गर्दै सालमा १–२ वटा अध्ययन भ्रमणको व्यवस्था गर्नेछु । र, म इमान्दारीका साथ भन्छु मलाई ट्रेड युनियन काँग्रेसको पदाधिकारी भएर विदेश जान रहर चाहिं छैन । म २४ वर्षको उमेरमा अविवाहित हुँदै गरेको समयमा संगठनबाट १ हप्ते ट्रेड युनियनको तालिममा जर्मन गएको हुँ । यदि त्यस्तै थियो पैसा कमाउने रहर थियो भने म पलायन पनि हुन्थें होला, त्यसपछि पनि पटक–पटक वैदेशिक तालिम, बैठकका लागि विश्वमान चित्रका विकसित देशहरू गएको छु । तर, मैले मेरो जीवन नै यो श्रमिक आन्दोलनमा लगाउनुपर्छ भनिकन आन्दोलनलाई छाडेर पलायन भएको व्यक्ति पनि हैन ।
तपाईंको जितका आधार के के छन ?

लामो समयदेखि देशभर संगठन गर्र्दै हिंडेको छु । सबै साथीभाइलाई चिन्छु । म ट्रेड युनियन विषयको प्रशिक्षक पनि हुँ र त्यसको माध्यमबाट मैले धेरै साथीहरूलाई तालिम दिलाउने अवसर प्राप्त गरेको छु । तिनै प्रशिक्षार्थी कोही आबद्ध संघको अध्यक्ष, महासचिव, जिल्ला ट्रेडको अध्यक्षहरू हुनुभएकाले ती सबै साथीहरूबाट सहयोग पाउँदैछु । त्यो मेरो जितको आधार पनि हो । म निरन्तर आन्दोलनमा छु । कहीं कतै विचलित भएको छैन र म कहिं कतै ट्रेड युनियनको नाममा पलायन भएको पनि छुइन् । मैले यातायात मजदुर संघ छाड्दै गर्दा यातायात मजदुर संघको कार्यालयलाई व्यवस्थित बनाएर छाडेको छु । चैतमा भएको संघको अधिवेशनमा सबै कार्यसमिति निर्विरोध चयन गराउन सफल भएँ । त्यो नेतृत्व गर्ने क्षमता भएर नै होला । त्यसर्थ यी सबै कारणहरू मेरा जितका आधार हुन् र म ढुक्क छु ।तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

yo interview haldinus daju