शुक्रबार, चैत्र १६, २०८०

आज विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदै

 सामाजिक, आर्थिक परिवेशका साथै पर्यावरणीय सन्तुलनलाई समेत ख्याल गरी विकास निर्माणको कार्य अगाडि बढाउन आवश्यक रहेको प्रम ओलीको जनाउ

काठमाडौ जेठ २२,   आज संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ जुन ५ देखि यो दिवस मनाउन सुरु गरिएको विश्व वातावरण दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाइँदै छ ।  ‘प्लास्टिक प्रदूषणमाथि प्रहार सके पुनः प्रयोग नसके बहिष्कार’ भन्ने नारा ससिहत यस वर्षको विश्व वातावरण दिवस मनाउँदै गरेको हो ।

 यसैबीच विश्व वातावरण दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै उनले वातावरण संरक्षणमा हामी सबैले उत्तिकै जिम्मेवार भएर सोच्न र तदनुकूल काम गर्न जरुरी रहेको बताउँनु भएको छ ।  त्यस्तै सन्देशमा उहाँले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूतगतिका साथ अग्रसर हुँदा वातावरण प्रदूषण एउटा साझा चुनौतीका रुपमा देखा पर्न सक्ने औंल्याउँदै सामाजिक, आर्थिक परिवेशका साथै पर्यावरणीय सन्तुलनलाई समेत ख्याल गरी विकास निर्माणको कार्य अगाडि बढाउन आवश्यक रहेको जनाउ   दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।