शुक्रबार, चैत्र १६, २०८०

आज कुमारषष्ठी अर्थात् सिठीपर्व मनाईदै

काठमाडौं असार ५, आज ज्येष्ठ शुक्ल षष्ठी अर्थात आजको दिन कुमारषष्ठी वा सिठीपर्व मनाइने गरिन्छ । नेवार समुदायले  आजको दिनलाइ    सिठीनख भन्ने गर्दछन् । यस पर्वका सम्बन्धमा विभिन्न किंवदन्ती छन् ।  पर्व कहिलेदेखि सुरु भयो र यसको विशेषताका सम्बन्धमा केही ग्रन्थमा IMG_9501sjh_Road-photography_kumar-nhawan-jaisidewal_20711यसरी उल्लेख गरेको पाइन्छ पौराणिक ग्रन्थमा ज्येष्ठ महिनाको शुक्ल पक्षको षष्ठीका दिन श्री शङ्कर भगवान् शिवजीका ज्येष्ठ पुत्र श्री कार्तिकेय कुमारको जन्म भएको हुँदा त्यस दिनलाई कुमारषष्ठी भन्न थालिएको हो । तिनै कार्तिकेय कुमारलाई नै नेवारहरू सिठी देवताको नामले पूजा गर्ने गर्छन् ।

काठमाडौँ उपत्यकामा सिठीपर्वको मूल विशेषता भनेको नै यसदिन विशेषतः विशेष छथरीका गेडागुडी मास, मुंगी केराउ अन्य गेडागुडीबाट बनाइएका रोटी बारा वः चढाउने गरिन्छ । परिवारका सदस्यहरू भेला भई यस दिन विशेष प्रसादस्वरूप बारा वः, चतामरी, समयबजि खानाकोरुपमा खाने गर्दछ ।

यसैवीच आजको दिन आफ्नो घर तथा त्यस वरपर क्षेत्रका इनार, कुवालगायत पानीका मुहानको सरसफाइ गर्ने गर्दछन् । पानीको स्रोतका रूपमा रहेका पधेँरा, इनार, तलाउ, कुवालगायतका स्थानमा पानीको समस्या नहोस् भनी वर्षमा एकपटक पूजा गरी सफा गर्ने परम्पराको विकास भएको जनविश्वास रहि आएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।