मङ्लबार, बैशाख ४, २०८१

आजबाट विश्व रक्तदाता दिवस अन्र्तगत सप्ताहव्यापी कार्यक्रम शुरु

 काठमाडौ जेठ २५, विश्व रक्तदाता दिवसका अवसरमा रक्तदानसम्बन्धी जनचेतना जागृत गर्ने लक्ष्य सहित बढ्दो रक्तभावको अवस्थालाइ मध्यनजर गर्दै आजदेखि सप्ताहव्यापी कार्यक्रम शुरु भएको छ । ब्लड डोनर्स एशोसिएशन नेपालको आयोजनामा तथा सम्वद्ध विभिन्न संघसंस्थाको संमन्वयमा सुरु भएको सप्ताहव्यापी कार्यक्रम आगामी जेठ ३१ गतेसम्म सञ्चाल हुने भएको छ ।

सप्ताहव्यापी कार्यक्रमको क्रममा रक्तदानसम्बन्धी विभिन्न कार्यक्रम अन्र्तगत अन्तक्र्रिया बृहत् रक्तदान कार्यक्रमको आयोजनाका साथै नेगेटिभ रक्तसमूहसंगको अन्तरसंवाद त्यस्तै युवा रक्तदाता भेटघाट र उपत्यकाव्यापी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता चित्रकला तथा दीपप्रज्वलन कार्यक्रम रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।