बिहिबार, चैत्र १५, २०८०

अर्थमन्त्री खतिवडालाइ २ वर्षे कार्यकालको चिठ्ठा

काठमाडौं असार ५ राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल ६ वर्ष कायम भएको छ । उनी तत्कालीन एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै गृहमन्त्री रामबहादुर थापाको कार्यकाल ६ वर्ष कायम भएको छ । थापा तत्कालिन माओवादी केन्द्रको तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल भने २ वर्ष कायम भएको छ । गोलाप्रथामा उनलाई दुई वर्षे कार्यकालको चिठ्ठा परेको हो ।

राष्ट्रिय सभाका ५९ सांसदको कार्यकाल आज तय भएको छ । १९ सांसदको दुई वर्ष, २० जनाको चार वर्ष र बाँकी २० जनाको ६ वर्ष कार्यकाल हुने गरी गोलाप्रथा मार्फत कार्यकाल तय गरिएको हो । प्रत्येक दुई वर्षमा राष्ट्रिय सभाका एकतिहाइ सांसदको कार्यकाल सकिने संवैधानिक व्यवस्था छ । राष्ट्रिय सभाका सदस्यको पदावधि ६ वर्षको हुने, तर एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा सकिने संवैधानिक प्रावधान छ । संविधान प्रारम्भ भएपछि पहिलोपटक सदस्यको पदावधि कायम गर्दा गोलाप्रथाबाट गर्नुपर्ने संवैधानिक बाध्यताअनुसार सोमबार गोलाप्रथा गरिएको हो । नयाँपत्रिकाबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।