बिहिबार, बैशाख १३, २०८१

अधिकमासको अवसरमा ढोकाटोलमा आयोजित पुरूषोत्तम माहात्म्य वाचन आजबाट समापन

  काठमाडौ जेठ ३० , जेठ १ गते मंगलबार बेलुकी पाँच बजेर ५३ मिनेटदेखि शुरु भएको अधिकमास आज राति अर्थात जेठ ३० गते रात्री २ वजे देखि समाप्त हुने भएको छ । धर्मशास्त्रीय मान्यताअनुसार १२ महिना मध्ये अशुद्ध महिना मानिने मलमास को क्रममा कुनैपनि शुभकार्य गर्न नहुने धार्मिक मान्यता अनुरुप यसवीचमा प्राय कुनै पनि शुभकार्य बन्द गरिएको थियो ।

किंवदन्तीअनुसार अन्य समयमा १२ महिनाको अधिपति अरूण, सूर्य, भानु नाममा सूर्य रहने तर अधिकमासको अधिपत्य सूर्यले स्वीकार नगरेका र यस्को अधिपत्य स्वयम् भगवान् पुरुषोत्तमले स्वीकार गरेकाले यो महिनालाई पुरुषोत्तम महिना पनि भनिन्छ । त्यस्तै अधिक मासमा कुनै पनि शुभ कर्महरू वा साईतहरू हुदैनन् । यसै हुनाले महिनाभरी कुनै पनि विवाहादि कार्य व्रतवन्ध लगायतका कुनै पनि कार्यहरू बन्द गरिएको हो

यसैवीच मलमासको अवसरमा कामपा वडा न। १९ स्थित ढोकाटोलमा दक्ष महिला समुहको आयोजना तथा कथावाचक सुशील राजोपाध्यायको मुखारविन्दुबाट एकमहिने पुरुषोत्तम माहात्यम वाचन आजबाट समापन भएको छ । भजन किर्तन सहित पुरुषोत्तम माहात्यम वाचन गरि आज विधिवतरुपमा समापन गरिएको हो । समापनको क्रममा ढोकाटोल हजारौ भक्तजनको उपस्थिती रहेको थियो भने सिङगो ढोकाटोल भजन भय भएको थियो । त्यस्तै प्रस्तुत कार्यक्रममा कथा वाचकप्रारुपमा आयोजकले सुशील राजोपाध्यायलाइ र गणेशका प्रारुपमा सभम झालाइ वरण गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।