शनिबार, बैशाख ८, २०८१

फूड सप्लिमेन्ट्सको विक्रि वितरणमा D.D.A. को अवरोध धुव्रे हात्तीको आंतक

देशमा दुईवटा सरकार रहेको आभाष हुने गरि  राज्यका नियमक निकायले  क्रियाशील संघसस्थालाइ उपेक्षा गर्नुको अलावा सरोकारवाला संघसंस्थावीच पनि एकले अर्कोको अस्तित्व स्वीकार नगर्ने प्रवृतिका कारण समस्या दिनानुदिन बढ्दो

काठमाडौ बैशाख १८,   फूड सप्लिमेन्ट्स व्यवसायीहरुको छाता संगठन फेनक्यानको महाधिवेशनबाट निर्वाचित पदाधिकारीको सम्मान तथा पदभार हस्तान्तरण एवम् शुभकामनाआदान प्रदान कार्यक्रमका सहभागी वक्ताहरुले राज्यको तर्फबाट अधिकार प्राप्त औषधी जगतका नियमक निकाय औषधी व्यवस्था विभागले यो वा त्यो वहानामा अनेकन  अकुश लगाउँदै व्यवसायीलाइ हतोत्साही बनाउँने काम हुदै आएकोमा तिव्र विमति व्यक्त गरेका छन ।   

त्यस्तै विभागले औषधि व्यवासायीले औषधीको कारोवार गर्ने हो, फूड सप्लिमेन्ट्स अर्थात आहारपुरक खानाको होइन भन्दै आफ्नो अधिकार क्षेत्रभन्दा वाहिर गएर राज्यको अर्को नियमक निकाय खाद्य प्रविघि तथा गुण नियन्त्रण विभागको अधिकार क्षेत्रमा समेत धुव्रे हात्तीको प्रारुपमा सिण्डीकेटको ताण्डव मञ्चन गर्दै आएको जिकिर गरेका छन

स्मरण रहोस फूड सप्लिमेन्ट्स अर्थात आहारपुरक खाना  मानव शरिरको लागि अत्याआवश्यक भिटामीन , क्याल्शियम प्रवाह गर्ने उच्चकोटीको औषधिको प्रारुप हो । जसले कुपोषण जस्ता भाइरस  निर्मुलिकरण गर्दै मानवलाइ स्वस्थ्य रहन सहयोग गर्दछ । तर विभागले निर्वाध रुपमा विक्रीबितरण गर्न रोक लाउँदै अनुगमनको क्रममा व्यवासयीले बेचेको पाईएमा जफत गर्ने गरेको गुनासो गरेका छन ।  साथै उनिहरुले नियमसंगत रुपमा खाद्य पदार्थको परिपूरकको रुपमा प्रयोग हुने फूड सप्लिमेन्ट्सको नियमन गर्ने  सरोकार वाला निकाय खाद्य तथा गुण नियन्त्रण विभागमा दर्ता भइ आवश्यक विधि प्रक्रियापूरा गर्दै औषधिसंगै फूड सप्लिमेन्ट्सको विक्रीबितरण गदैगर्दा विभागले एकतर्फीरुपमा दादागीरीकै प्रारुपम सिण्डीकेट लगाउन खोजेको जनाउ दिएका छन ।

कार्यक्रममा नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले औषधि व्यवस्था विभागले फूड सप्लिमेन्ट्समा अवरोध सिर्जना गरेर दुख दिने काम तत्काल बन्द हुनु पर्ने बताउँदै फूड सप्लिमेन्टको विक्रीबितरणको नियमन गर्ने निकाय खाद्य तथा गुण नियन्त्रण विभाग भएको भन्दै यसमा औषधि व्यवस्थाविभागको हस्तक्षेप किमार्थ स्वीकार गर्न नसकिने  बताउँनु भएको छ ।  तर खाद्य तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अधिकृत विमल दाहालले भने आफ्नो अधिकार क्षेत्रमा प्रहार भएको जिकिर हुँदै गर्दा केवल खाद्य नियमावली पास भएपछि   समस्या हल हुने   जिकिर प्रस्तुत गरेका थिए ।

 त्यस्तै नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले भने फूड सप्लिमेन्ट्सको विक्रि वितरणमा औषधी व्यवस्था विभागको अवरोध धुव्रे हात्तीको आंतक भएको प्रस्तुत आंतकको तत्काल अन्त्य हुनु पर्नेमा आफ्नो दलिल प्रस्तुत गर्नुको  अलावा  बाहिरी देशबाट औषधि ल्याएर नेपालमा प्याकिङ गर्दैमा राष्ट्रियता संरक्षण  हुन नसक्ने जिकिर  गर्नु भएको उक्त कार्यक्रममा नेपाल औषधीथोक ब्यबसायी संघ पिडानका केन्द्रीय अध्यक्ष शिवराज बास्कोटाले    देशमा दुईवटा सरकार रहेको आभाष हुने गरि  राज्यका नियमक निकायले  क्रियाशील संघसस्थालाइ उपेक्षा गर्नुको अलावा सरोकारवाला संघ संस्थावीच पनि एकले अर्कोको अस्तित्व स्वीकार नगर्ने प्रवृतिका कारण समस्या दिनानुदिन बढ्दो रहेको बताउँनु भएको छ ।  साथै उहाँले राज्यको नियमक निकायले देखाउँदै आएको यावत वदनियत चरित्र विरुद्ध नेपाल औषधीथोक ब्यबसायी संघ प्रतिकारमा उत्रन तयार रहेको जनाउ दिदै पहिले सरोकारवाला निकाय औषधि व्यवस्था विभाग र खाद्य तथा गुण नियन्त्रण विभागले आफ्नो कार्य क्षेत्रको पहिचान गर्दै सम्बन्धीत संघसंस्थाका प्रतिनिधीसंगको परामर्श पछिमात्र कार्यनिती बनाउँन सुझाव दिनु भएको छ ।  त्यस्तै जिम्मेवार निकायको उपेक्षा गर्ने मनोवृतिको कारण अनेकन समस्या सिर्जना भएको जिकिर गर्दै अध्यक्ष वास्कोटाले भने- पहिले सरोकारवाला संगको छलफल अनि निती र त्यसपछि मात्र नियमक निकायले नियमनको कुरा गर्नु न्यायसंगत हुने अन्यथा  कुनैपनि निती र नियम मान्नको लागि मान्नैपर्ने वा वाध्यकारी नहुने बताउँदै फेनक्यानको दोस्रो महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाइ हातेमालोको लागि प्रस्ताव भएको थियो ।    कार्यक्रममा नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष अञ्जन पुडासैनी , पीनका अध्यक्ष सुरजित दत्ता, एमआर एसोसिएसनका अनुप पाण्डे लगायतले आफ्नो अभिमत प्रस्तुत गर्नु भएको थियो ।

फूड सप्लिमेन्ट्स व्यवसायीहरुको छाता संगठन  फेनक्यानको सम्पन्न महाधिवेशनले सुरेन्द्र मानन्धरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । निर्वाचित कार्य समितिको उपाध्यक्ष, महासचिव, सहसचिव कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमस मुकुन्द राजभण्डारी, शम्भु यादव, लक्ष्मीकान्त पाण्डे, प्रदीपकुमार महतो र आनन्द श्रेष्ठ रहनु भएको छ । त्यस्तै सदस्यहरुमा प्रतिमा श्रेष्ठ, विजय उपाध्याय, रविन्द्र श्रेष्ठ, रामदिन साहु र सूर्य बुढाथोकी रहेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।