बुधबार, बैशाख १२, २०८१

हारै हारको के कुरा जीत पनि…(गजल)

हारै हारको के कुरा जीत पनि त हुनेछ
पानी बारा बारको के कुरा प्रीत पनि त हुनेछ

मतभेद, उपहास, ठेलम ठेल मात्रै कहाँ हो र
काँधमा काँध र साथमा साथ पनि त हुनेछ

सुखा बन्जर दिन र न्यास्रो कालो रात नै किन
आशा लाग्दो बिहानीको सुरुवात पनि त हुनेछ

तिम्रा दिनमा मेरो रात , मेरा दिन तिम्रो रात भैदिन्छन्
तिमीसंगको साथ,फेरि माया साटासाट पनि त हुनेछ

यो एक्लोपन यो बेचैनी र येहि रित्तो जिन्दगी कतिन्जेल!
एक दिन भाग्यको मुसलधार बर्सात पनि त हुनेछ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

-प्रेरक श्रेष्ठ 
हाल अष्ट़ेलिया