शुक्रबार, चैत्र १६, २०८०

महानगर प्रमुख शाक्यले जनभावनालाई कदर गर्ने गरी काम गर्न नसकेको निकटम प्रतिष्पर्धी उम्मेदवार जोशीको आरोप

  महानगर प्रशासनलाई भ्रष्टाचारमुक्त तुल्याउन तथा नतिजामूलक कार्य प्रणालीको अवलम्बन गर्दै क्रियाशील रहेको उपप्रमुख हरिप्रभाको दावी

 काठमाडौ जेठ १७, काठमाडौ महानगरपालिकामा गत वर्ष सम्पन्न भएको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले शपथ लिएको १ वर्ष पुगेका अवसरमा काँग्रेसको तर्फबाट कामपा प्रमुखको लागि प्रतिष्पर्धी रहनु भएका उम्मेदवार राजुराज जोशीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै कामपामा निर्वार्चित महानगरप्रमुख विद्यासुन्दर शाक्यले जनताको भावनालाई कदर गर्ने गरी काम गर्न नसकेको आरोप लगाउँनु भएको छ ।  त्यस्तै पत्रकार सम्मेलनमा जोशीले भने – महानगरप्रमुख विद्यासुन्दर शाक्यले प्रतिपक्षीदल काँग्रेलाइ उपेक्षा गर्दै राजनीतिक आग्रह र पूर्वाग्रहका आधारमा  सुरु गरेको एकपक्षीय निर्णय गर्ने परिपाटी आफैमा राजनैतिक दुर्घटनाको संवाहक भएको बताउँनु भएको छ ।

साथै निर्वाचनमा आफु पराजित भएपनि जनताको मुद्धालाइ सम्बोधन गर्न आफु निरन्तर लागिरहेको बताउँदै सम्पदा संरक्षणका नाममा सम्पदा मास्ने काम भइरहेको आरोप लगाउँदै शिक्षा, स्वास्थ्य, युवा परिचालन र सामाजिक सुरक्षा, शहरी पूर्वाधारका साथै महानगर प्रमुखले देखाउँदै आएको अनुउत्तरदायि एवम पूर्वाग्रही प्रवृतिका कारण आममहानगरवासीको आशा माथि निरासाको वादल मठारिएको यसवीचमा बढ्दो राजधानी सहरको अस्तव्यस्ता फुटपाथ व्यवस्थापन सहज हुने धुलो, धुवाँ, रहित वातावरण बन्ने , भुकम्पपछिको पुननिर्माणको कार्य सहज हुने सम्पदा संरक्षण पुर्ननिर्माणको कामले गति लिने जुन विस���वास महानगरवासीले गरेको थियो त्यो सव अपेक्षा जिजिविसामा रुपान्तरण भएको जिकिर गर्नु भएको छ ।

त्यस्तै उहाँले काठमाडौं महानगरपालिकामा निर्वाचित प्रमुखले चुनाव अघि नगरवासी संग गरिएका चुनावी प्रतिवद्धता आजको मितिमा आएर केवल प्रतिवद्धताका लागि प्रतिवद्धता एवम् आस्वासनका झुठा पुलिन्दा सावित भएको बताउँनु भएको छ ।   नैतिक जिम्मेवारीबाट समेत विमुख रहदै महानगर प्रमुख शाक्यले एकातर्फ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा प्रदर्शन गरेको एकलौटीरवैयाका कारण तमाम महानगरवासीको मतको समेत अवमुल्यण हुनुको अलावा १०० दिनमा १०१ काम गरि देखाउने उहाँको भाबि कार्यक्रमको घोषणा आफैमा लज्जास्पद सावित भएको बताउँनु भएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा काँग्रेसकै तर्फबाट महानगरका  उपप्रमुख हरिप्रभा खड्गीले हानगरपालिकाका निर्वा्चित प्रत्येक जनप्रतिनिधिलाई यथोचित जिम्मेवारी प्रदान गरी महानगर निर्माणमा सबैको भूमिकाको खोजी गर्नु ढिलो भइसकेको बताउँनु भएको छ । साथै उहाँले आफ्नै अडानका कारण रानीपोखरीको निर्माण पुरानै शैलीमा हुन लागेको जानकारी दिदै भन्नुभयो । उहाँले आफूले सुशासनयुक्त महानगर, धरहराको उचित संरक्षण, नेपाली सेनाले निर्माण गरेको महाङ्काललगायत स्थानमा बनेका भवनको नक्सा पास, विभिन्न समिति निर्माणलगायत योजना कार्यान्वयन गरेको जानकारी दिनुभएको छ।

त्यस्तैगरि उहाँले महानगर प्रशासनलाई भ्रष्टाचारमुक्त तुल्याउन तथा नतिजामूलक कार्य प्रणालीको अवलम्बन र अभ्यासका लागि आवश्यक नीतिगत प्रवन्ध गर्ने तथा प्रविधिमा आधारित कार्य प्रणाली विकास गरी नागरिकमैत्री नगर सरकारका रुपमा विकास गर्न उपयुक्त नीति तथा योजना तर्जुमा गरी अघि बढ्न र कामपाका उपप्रमुखको नेतृत्वमा रहने न्यायिक समिति, स्थानीय राजश्व परामर्श समिति, बजेट तथा कार्यक्रम तर्जुमा समितिलाई कृयाशिल तुल्याइ सञ्चालनमा ल्याउँने काममा आफु प्रतिवद्ध रहेको जनाउ दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।