शनिबार, बैशाख ८, २०८१

मनिषालाइ  कराते  शैक्षिक छात्रवृत्ति 

  काठमाडौं  बैशाख २४,  नेपाल एकायन कराते संघले   खेलाडीको हौसला अभिवृद्धिकालागि     शैक्षिक छात्रवृत्ति  प्रदान गरेको छ । संघले  आएतवार  एक कार्यक्रमकावीच  काठमाडौ स्थित श्री गणेश उच्च माबिमा कक्षा ९ मा अध्यनरत मनिषा घलेलाई   शैक्षिक छात्रवृत्ति प्रदान गर्दै  नयाँ कार्यरम्भ गरेको  हो  । 

  घले ४ बर्ष अगाडी यसै करातेसंघमा आबद्द रही   राष्ट्रिय ,क्षेत्रीय ,स्थानीय तथा अन्तर विद्ध्यालय स्तरीय विभिन्न कराते प्रतियोगितामा सहभागी भइ  बिशिष्ट स्थान हासिल  गर्न सफल  खेलाडीहुन ।   संघले   खेलकुदको अलावा     शैक्षिक जगतमा समेत  थप प्रगति गर्न हौसलाका  मिलोस भन्दै   संघले  एकायन शैक्षिक छत्रवृत्ति  प्रदान   गरेको जानकारी दिदै     संघका अधक्ष्य श्रीकृष्ण महर्जनले  खेलकुदका साथ शिक्षामा  पनि खेलाडीको मनोबल बढाउने उदेश्यका साथ राम्रा खेलाडीलाई बार्षिक रुपमा शैक्षिक छात्रवृत्तिको योजना कार्यान्वयन गरेको  बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।