बिहिबार, बैशाख १३, २०८१

मंगलवार अपरान्ह बस्ने संसदको सयुक्त बैठकमा आ.व ०७५/७६ को बजेट प्रस्तुत गरिने

 काठमाडौ जेठ १३,   प्रतिनिधिसभा र राष्ट्रियसभा को यही जेठ १५ गते मंगलवार बस्ने संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७५/ ७६ को राजश्व र व्ययको अनुमान बजेट सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपाली नारालाई कार्यानवयन गर्ने लक्ष्य सहित पेश गर्ने भएको छ ।

सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठकमा नेपालको संविधानको धारा ११९ मा अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजश्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ १५ गते पेश गर्नुपर्ने प्रावधान अनुरुप सरकारको तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार अपराह्न ४ः०० बजे संयुक्त सदनमा बजेट पेश गर्नुहुने सांसदलाई जानकारी दिनु भएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।