शुक्रबार, बैशाख १४, २०८१

फोरम संसदीय दलको बैठक :सरकारमा जाँदै गर्दा सभामुख वा उपसभामुख पाउँने पर्ने दावी

 काठमाडौं जेठ १७,  सत्तारूढ दल नेकपासंग दुई बुँदे सहमति गरी सरकारमा सहभागी हुने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभाको सभामुख पनि माग गरेको छ ।

सदमा १६ सिट रहेको फोरम नेपालबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्न बुधबार बसेको संसदीय दल बैठकमा मन्त्री छनोट गर्न नसकेपछि सोका जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिदै संवैधानिक व्यवस्था अनुरुप सभामुख र उपसभामुख बेग्लाबेग्लै पार्टीको हुनुपर्ने  व्यवस्थाअनुसार सरकारमा सहभागी हुँदा सभामुख वा उपसभामुखमध्ये एउटा पद आफुले पाउँनु पर्ने सवालमा भएको बहस पछि फोरमले नेकपा अण्डरलाइनसँग आफ्नो पार्टीलाइ सभामुख दिनुपर्ने विषयमा संवाद गर्ने भएको छ ।

स्मरण रहोस अहिले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण भई नेकपा भएपछि सभामुख र उपसभामुख एकै पार्टीको रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।