शनिबार, बैशाख ८, २०८१

चमती पुलबाट खैरो हिरोइनसहित गिरी, केसी र लामा  पक्राउ

 काठमाडौ जेठ १३,  महानगरीय प्रहरी वृत्त स्वयम्भूले स्वयम्भू इलाकामा लागुऔषध बिक्री वितरण हुने गरेको भन्ने विशेष सूचनाका आधारमा चमतीपुल नजिक लागुऔषध कारोबार गर्दै गरेको अवस्थामा खैरो हिरोइनसहित क्रमस १९ वर्षीय दिलीप गिरी, २३ वर्षीय विकास केसी र २० वर्षीय रिवाज लामालाई पक्राउ गरेको छ । पक्राउ परेका मध्ये गिरी, केसी र बाँकेका हुन भने लामा काठमाडौंका वासिन्दा हुन ।

शनिबार पक्राउ परेका यि लागु औषका कारोवारीहरुलाइ आज परिसरले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै निजहरुबाट ९५ ग्राम ७ मिलिग्राम हिरोइन बरामद गरेको जनाएको छ ।  त्यस्तै पत्रकार सम्मेलनमा परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले खोजतलास गर्दा तीन जना पक्राउ परेको  जानकारी दिदै पक्राउ परेका तीनै जनालाई लागुऔषध मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।