बिहिबार, बैशाख १३, २०८१

चुडामणि उप्रेती उर्फ ‘गोरे’लाइ  पुर्पपक्षका लागि चेल चलानको आदेश

 सुन तस्करीमा आफू भन्दा माथि उच्च प्रहरी अधिकृतहरु र राजनीतिक ब्यक्तिहरु रहेको गोरेको  दावी

 काठमाडौं जेठ १३ , मोरङ जिल्ला अदालतले सनम शाक्य हत्या एवम् ३३ किलो सुन तस्करीका मुख्य आरोपी भनिएका चुडामणि उप्रेती उर्फ ‘गोरे’लाइ चेल चलानको आदेश दिएको छ । 

जिल्ला अदालतका न्यायाधीश नारायण शर्माको इजलाशले गोरेलाई पुर्पपक्षका लागि जिल्ला कारगार चलान गर्न दिएको आदेश अनुरुप निजलाइ  कारागार चलान गरिएको हो ।  विगत ४ दिनदेखि जारी बयानको क्रममा सुन तस्करी र सनम शाक्य हत्याको आरोप अस्वीकार गरेका निजलाइ बयान सकिए लगत्तै सुरु भउको थुनछेक बहस पछि निजलाइ गरिएको हो ।

यद्यपी उनले आफूले सुन तस्करीको व्यवस्थापनको काम मात्रै गरेको भन्दै गोरेले आफू भन्दा माथि उच्च प्रहरी अधिकृतहरु र राजनीतिक ब्यक्तिहरु रहेको बताउदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तस्करी भएर आउने धेरैजसो सुन भारतीय बजारमा खपत हुने गरेको र लगानीकर्ताहरु पनि भारतीयहरु नै रहेको पनि उनले खुलासा भने गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।