बिहिबार, बैशाख १३, २०८१

कवि कँडेलको “प्रकृतिको कवितासङ्ग्रह विमोचित

काठमाडौं जेठ ५, कवि कमल कँडेल “प्रकृति” को कवितासङ्ग्रह “दोभानमा उभिएर” विमोचन गरिएको छ । साहित्यकार गोविन्दराज विनोदीले कविता पाठ गरेर कार्यक्रम उद्घाटन तथा कृतिको लोकार्पण गर्नुभएको थियो ।

कार्यक्रम चितवन साहित्य परिषदका अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा साहित्यकार गोविन्दराज विनोदीको प्रमुख आतिथ्यता र बिशिष्ट अतिथि कवि एवं मानव अधिकार तथा शान्ति समाजका संस्थापक सदस्य कृष्ण कँडेलको उपस्थितीमा सम्पन्न उक्त कार्यक्रममा  स्वागत अभिवादन चितवन साहित्य परिषदका उपाध्यक्ष जगन्नाथ पण्डिले गर्नु भएको थियो भने ,साहित्यकार कपिल अज्ञात र लक्ष्मी बराल ले सो कवितासंग्रहको समिक्षा गर्नु भएको थियो।

साथै सभ्या थापा, केदारनाथ खनाल र एल बि क्षेत्रीले कवितासङ्ग्रह “दोभानमा उभिएर” मा रहेका रचना वाचन गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।