शुक्रबार, चैत्र १६, २०८०

आज १२९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका मनाईंदै

राष्ट्रपति , उपराष्ट्रपति र प्रधानमन्त्री लगायत विभिन्न राजनीतिक दलका नेताद्दारा शुभकामना अभिव्यक्त

काठमाडौ वैशाख १८,  आज १२९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ आज मनाईंदै छ । १२९ औं दिवसका अवसरमा विभिन्न मजदुर संगठनले अन्तक्र्रिया, चेतनामूलक -यालीजस्ता कार्यक्रम आयोजना गर्दैछन् ।   सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर आजको दिन यो श्रमिक दिवस मनाइने परम्परा शुरु भएको हो ।

नेपालमा भने विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन लागेको हो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा समेत दिन थालिएको छ ।  यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विभिन्न राजनीतिक दलका नेताले मजदुर दिवसका अवसरमा शुभकामना दिएका छन् । उनीहरुले सम्पूर्ण श्रमजीविलाई विश्व मजदुर दिवसले आफ्नो हक, अधिकार र स्वतन्त्रतालाई सामूहिक रुपमा बुलन्द गरी विश्वभरीका श्रमजीविलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।