शनिबार, बैशाख ८, २०८१

लायन्स कल्व अफ नेपाल जर्नालिस्टको प्रारम्भिक अनुशिक्षण

काठमाडौ वैशाख ८,  लायन्स कल्व अफ नेपाल जर्नालिस्ट काठमाडौंको आज प्रारम्भिक अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  अनामनगरस्थित नेपाल पत्रकार मञ्चको सभाकक्षमा लायन्स कल्व काठमाडौंको फेलोशिपमा ३२५ ए टु अन्र्तगत नवगठित प्रस्तुत क्लवका पदाधिकारी एवम सदस्यहरुलाइ लायन्स क्लवको विविध पक्षमा विधिवत जानकारी दिएको थियो

  औपचारिक एवम् अनौपचारिक अन्र्तक्रिया सहित सम्पन्न उक्त अनुशिक्षण कार्यक्रममा faculty Lion उत्तम झा त्यस्तैगरि  GLT leader PDG lion विजु बज्राचार्य र   GMT Leader PDG Lion  मधुकर उपाध्यायले प्रशिक्षण दिनु भएको थियो   भने  फेलोशिपका अध्यक्ष  लायन भरत  प्रसाइ , Chief MJF Lion कृष्णज्योति शाक्य , Mjf ZC आनन्द शाक्य ZC Lion मोहन अर्याल लगायतको उपस्थिती रहेको थियो   । १९१७ मा अमेरिकाबाट सुरु भएको लायन्स क्लवको सञ्जाल सन १९७१मा सुरु भएको हो । नेपाल सहित विश्वका २सय१२ राष्ट्रमा विस्तारित यस क्लवको   325 A1 ,A2 , B1,B2   का गरि नेपालमा मात्र   ३० हजारको हाराहारिमा सदस्य  रहनुको  अलावा क्लवले गर्दै आएको समाज सेवा लागयतका विषयमा परिचर्चा सहितको जानकारी दिइएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।