शुक्रबार, बैशाख १४, २०८१

आजबाट राष्ट्रपति भण्डारीको ट्वीटर एकाउण्ट सञ्चालनमा

काठमाडौं चैत २६, संसारका विभिन्न राष्ट्रप्रमुख तथा सरकार प्रमुखले आफ्नो धारणा सार्वजनिक गर्न ट्वीटरको प्रयोग गर्ने परम्परा अनुरुप राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि आधिकारिक ट्वीटर एकाउन्ट एट प्रेसिडेण्टअफएनपी (@PresidentofNP) को ट्वीटरमा जोडिनु भएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार  राष्ट्रपति भण्डारीले पहिलो ट्वीट बालबालिका शिक्षाको पहुँचमा सरकारले गरेको प्रयासको सराहना   गर्दै राष्ट्रपति भण्डारीको पहिलो ट्वीटमा भनिएको छ “सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा पु-याउने नेपाल सरकार र सम्बद्ध सबै पक्षको प्रयासको सराहना गर्दै सफलताको शुभकामना  अभिव्यक्त गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।