बुधबार, बैशाख १२, २०८१

हाँडीगाउँमा गहना खोज्ने जात्रा मनाइयो

काठमाडौं चैत १९,  काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा  आइतवार सम्पन्न भएको छ । हाँडीगाउँस्थित गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि देवीको गहना खोज्ने गरिन्छ ।

टुँडालदेवी खटजात्राबारे प्रख्यात कथनअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडे सँग घुम्न हिँडेकी देखिछन्। यसबाट रिसाएकी भाटभटेनीले राति नै फर्किएको भन्ने आख्यान पाइन्छ। जुनबेला हराएको गहना नै प्रत्येक वर्षखोज्ने गरिएको भनाइ छ।

बलि दिइएको राँगाको रगतले नुहाएका ( द्यला)  पूजारीलाई शिरमा राखी गरिने टुँडालदेवी (त्वरः अजिमा )को गहना खोज्ने जात्रा परम्पराअनुसार चैत्रशुक्ल प्रतिपदाका दिन हुने गर्छ। टुडालदेवी मन्दिरको पूजारी यद्यपी पोडे (द्यलाः)जातको हुने गर्दछ् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।