बिहिबार, बैशाख १३, २०८१

सुवर्णलताको गृह विमोचन

 काठमाडौं बैशाख २ , शुक्लागण्डकी नगरपालीका तनहुँद्दारा एक कार्यक्रमवीच मालिका केशरीको उपन्यास सुवर्णलताको गृह विमोचन सहित उपन्यास माथि अन्तरसंवाद कार्यक्रममको आयोजना गरिएको छ ।  लेखक केशरीलाई सम्मानीन समेत गरिएको उक्त कार्यक्रममा साहित्यकार शेषमणि आचार्यले “केशरीले शुक्लागण्डकीलाई नै पृष्ठभूमिमा राखेर लेखेको उपन्यासले यस क्षेत्रको पहिचान राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रचार गर्न ठूलो भूमिका खेलेको बताउनु भएको थियो ।

त्यस्तै शिक्षाविद् डिल्ली रमण पौडेलले, “साहित्य समाजलाई जोड्ने मूल कडि रहेको बताउँदै प्रस्तुत उपान्यास आम उपन्यास भन्दा बिल्कुलै फरक विषयवस्तुका साथ आएको र यसले समाजमा अध्यात्मिक चेतना प्रवाह गर्न पनि सहायक सिद्ध हुने विश्वास व्यक्त गर्नु भएको थियो ।

त्यसैगरि उपन्यासको सार वस्तु अन्र्तगत शिक्षित घर परिवारमै नजानिदो किसिमबाट नारीमाथि शोषण हुने गरेको तथ्यलाई यस उपन्यासले छताछुल्ल पारेको छ भन्दै कृष्ण रेग्मीले उपन्यास पढ्दा यो उपन्यास काल्पनीक नलागेर वास्तविक जीवन नै पढेको अनुभूति दिलाउन सक्षम रहेको बताउँनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।