बिहिबार, चैत्र १५, २०८०

सरकारद्दारा प्रस्तुत श्वेतपत्रका तथ्यांक “अबौद्धीक र अव्यवसायिक मुचुल्का : प्रवक्ता शर्मा

 श्वेतपत्रले सिर्जना गरेको भ्रम चिर्नु काँग्रेको कर्तव्य

काठमाडौ चैत २६,  नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले श्वेतपत्रमा लेखिए जस्तो नेपालको अर्थतन्त्र कमजोर नभएको बताउनु भएको छ । ललितपुर सानेपास्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा वोल्दै प्रवक्ता शर्माले दश वर्षको समयमा देशको अर्थतन्त्र बिग्रँनुमा काँग्रेस मात्र नभई अन्य कम्युनिष्ट पार्टी पनि जिम्मेवार रहेको जनाउ दिदै सरकारले नैतिक इमान्दारिता विपरित असन्तुलितरुपमा श्वेतपत्रमा प्रस्तुत तथ्यांक आफैमा भ्रमको सञ्जाल भएको जिकिर गर्नु भएको छ ।

त्यस्तै विज्ञप्तिमा मुलुकको समृद्धिका लागि नागरिकमा नविन आशा र जाँगरिलो विश्वास भर्नु राज्यको कर्तव्य हुन्छ । तर अर्थतन्त्रको सकारात्मक पाटोहरु सबै नजर अन्दाज गरेर कतिपय कमजोरीको अतिरञ्जनापूर्ण प्रस्तुतिबाट चरम निराशाको राज्य विस्तार मात्रै हुन सक्दछ । अतः श्वेतपत्रले सिर्जना गरेको भ्रम चिर्नु काँग्रेको कर्तव्य भएको भन्दै राजनीतिकरुपमा हाम्रा भिन्न दार्शनिक वा मुद्दागत द्वन्द्व हुन सक्दछन् र छन् पनि तर आजका राजनीतिक उपलब्धि हामी सबैको साझा प्रयासको प्रतिफल हो, त्यसलाई संस्थागतरुपमा समृद्धिको दिशामा अघि बढाउनु काँग्रेसको कर्तव्य भएको जनाउ सहित जारी २५ बुँदे विज्ञप्तिमा

 

भनिएको छ ।

तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।