मङ्लबार, बैशाख ११, २०८१

सनराइजको थप दुई शाखा बिस्तार

काठमाडौं चैत २६ , सनराइज बैंक लिमिटेडले आफ्नो नयाँ दुईवटा नयाँ शाखाहरु बिस्तार गरेको छ ।बैकद्दारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार रौतहटको दुर्गाभगवती गाउँपालिका र जुम्लाको गुठीचौर गाउँपालिकामा नयाँ शाखाहरु बिस्तार गरेको जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा विस्तारित शाखाको क्रमस दुर्गाभगवती गाउँपालिकामा गाउँपालिका अध्यक्ष श्री अरुणकुमार शाह र बैंकका नायब महाप्रबन्धक अपछ कुमार यादबले संयुक्त रुपमा शुभारम्भ गर्नु भएको थियो भने त्यसैगरि गुठीचौर शाखाको स्थानीय गाउँपालिका हरि बहादुर भण्डारी र बैंकका नायब महाप्रबन्धक रविन नेपालले संयुक्त रुपमा उद्घाटन गर्नुभएको उल्लेख गरिएको छ ।

 विस्तारित शाखासंगै बैंकले मुलुकभर आफ्नो ७८ वटा शाखा, ९५ वटा एटिएम, २० वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लि. रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।