बुधबार, बैशाख १२, २०८१

संघीय संसद्को दोस्रो अधिवेशन वैशाख २३ गते

काठमाडौ वैशाख १६, राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २३ गते संघीय संसद्को बैठक आह्वान गर्नुभएको छ ।

संविधानको धारा ९३, उपधारा (१)बमोजिम आइतबार अपराह्न ४ बजे संसद्को अधिवेशन आह्वान गरिएको संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा आज जारी विज्ञप्तिमा उलेख गरिएको छ ।

यसअघि मन्त्रीपरिषदको बैशाख १४ गते बसेको बसेको बैठकले संघीय संसद्को दोस्रो अधिवेशन वैशाख २३ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।