शनिबार, बैशाख ८, २०८१

शब्दजालको भुलभुलैयाप्रति सचेत बन्न पूर्व ‘श्री ५ ज्ञानेन्द्रको आग्रह

 काठमाडौं चैत्र ३०, पूर्व श्री ५ ज्ञानेन्द्र शाहले नव वर्ष २०७५ सुभारम्भ को पूर्व सन्ध्यामा शुभकामना सन्देश जारी गर्दै समस्त नेपालीजनमा शुभकामना अभिव्यक्त गर्नु भएको छ ।  पूर्व राजा शाहद्दारा सरल र सरस भाषामा जारी सन्देशमा एक नेपालीले अर्को नेपाली देख्दा झस्कने या तर्सनु पर्ने परिस्थिति नबनोस् भन्दै शासक र प्रशासकको व्यवहार जनमुखी हुनुपर्नेमा जोड दिनु भएको छ ।   त्यस्तै हरेक नेपालीको निम्ति स्वदेशभित्र रोजगारीको सुनिश्चितता होस्, वैज्ञानिक एवं जीवनोपयोगी शिक्षाको व्यवस्था होस् र सुलभ स्वास्थ्य उपचारको सुविधा होस् भन्ने कामना गर्नुभएको छ ।

त्यस्तै सन्देशमा उहाँले हाम्रा मौलिक धर्म, संस्कृति र परम्पराविरुद्ध खडा गरिएका चुनौतीहरू अझै शिथिल भइसकेका छैनन् । सबै नेपालीको सपना, स्वाभिमान र आत्मसम्मान सहितको समृद्ध नेपाल हो । विश्वका अधिकांश मुलुकले समुन्नत जीवन बाँचिरहँदा सबै नेपालीले सोही स्तरको जीवन जिउने आकाङ्क्षा राख्नु स्वभाविकै हो । तर, यहाँ शब्द जालको भुलभुलैयामा राखेर अन्ततः राष्ट्रिय अस्तित्व नै क्षतविक्षत तुल्याइने खतरा बढ्दै गएको जनताले महशुस गरेका वर्तमान अवस्था राष्ट्रको यथास्थिति राष्ट्रियता जनताको हार्दिकतासँग गाँसिएको संवेदनशील प्राणतत्व भएको उल्लेख गर्नु भएको
छ । त्यस्तै राष्ट्रको गन्तव्य ‘म’बाट ‘हामी’ अनि ‘मेरो’बाट ‘हाम्रो’ हुनु पर्दछ भन्दै उहाँले देश बनाउन उपयोग गर्नुपर्ने नेपाली हातलाई देश बचाउन उपयोग गर्नुपर्ने वाध्यात्मक अवस्थामा नपुर्‍याइयोस् भन्दै शब्दजालको भुलभुलैयामा राखेर अन्ततः राष्ट्रिय अस्तित्व नै क्षत विक्षत बनाइने खतरा बढ्दै गएको भन्दै यसतर्फ सचेत बन्न आग्रह गर्नु भएको छ ।

साथै शुभकामना सन्देशमा पूर्व श्री ५ ले भन्नुभएको छ ‘नेपाली दिदीबहिनी तथा दाजुभाइहरू, विक्रम सम्वत् २०७५ को शुभागमनको उपलक्ष्यमा आदर्श र अठोटबाट प्रेरित यो मुलुकको एकीकरण गरी जीवन्त राख्ने ती महान् व्यक्तित्वहरूको स्मरण गर्दै म स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीमा सुख, शान्ति तथा समुन्नतिको लागि शुभकामना प्रदान गर्दछु सन्देशमा भनिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।