शुक्रबार, चैत्र १६, २०८०

व्यवस्थापनले समयमै माग सुनुवाइ नगरे आन्दोलनका थप कार्यक्रम : महासचिव विष्ट

काठमाडौं बैशाख ५, नेपाल पत्रकार महासंघ श्रमजीवी हित प्रवर्धन समितिको नेतृत्वमा हिमालय टेलिभिजनमा विरोध कार्यक्रम सुरु गरिएको छ । श्रमजीवी पत्रकारको अधिकारका लागि थालिएको विरोध कार्यक्रममा आज महासंघ श्रमजीवी हित प्रवर्धन समितिले उक्त प्रतिष्ठानमा कालो ब्यानर टाँसेको छ ।

कालो व्यानर टास्ने कार्यक्रमको नेतृत्व गर्दै महासघंका महासचिव रमेश विष्टले व्यवस्थपानले समयमै माग सुनुवाइ नगरे महासंघ कडा आन्दोलनमा उत्रन बाध्य हुने धारणा राख्नु भयो ।  समितिका संयोजक रामप्रसाद दाहालले हेरौं तालाबन्दीमै पुग्ने स्थिति आउँछ कि आउदैन ? भन्नु भएको छ ।

समितिका सहसंयोजक जन्मदेव जैसीको नेतृत्वमा कालो झण्डा टासिएको थियो । महासंघले यसअघि पटकपटक पत्राचार गर्दै श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर्न, राजपत्रमा प्रकाशित भए अनुरुप पारिश्रमिक उपलब्ध गराउन, सबै कर्मचारी पत्रकारहरुलाई नियम अनुसार स्थायी अस्थायी नियुक्तिपत्र उपलब्ध गराउन र पत्रकार सन्ध्या केसीलाई स–सम्मान काममा लगाउन दवाव दिदै आएको थियो ।   सह संयोजक जैसीका अनुसार ७ गते १ घण्टा धर्ना र ९ गते कोणसभा गरेपछि पहिलो चरणको कार्यक्रम सकिने र लगत्तै बैठक बसी सशक्त कार्यक्रमसहितको दोश्रो चरणको कार्यक्रम तय गरिने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।