शनिबार, बैशाख ८, २०८१

वैशाख ८ मा हनुमानढोकादेखि स्वयम्भूक्षेत्रसम्म सम्पदा पदयात्रा गरिने

उपत्यकामा रहेको संस्कृति र सम्पदाको संरक्षण एवम जगेर्ना गर्दै पर्यटन प्रबद्र्धन गरि उपत्यकाको आर्थिक समृद्धिमा नयाँ आयाम थप्नुपर्नेमा  सासंद श्रेष्ठको जोड

 शरण डंगोल / काठमाडौं चैत २९,   अन्तर्राष्ट्रिय सम्पदा दिवशका अवसरमा हनुमानढोकादेखि स्वयम्भूक्षेत्रमा आगामी वैशाख ८ गते सम्पदा पदयात्राको आयोजना गरिने् भएको छ । सम्पदा यात्राको जानकारी दिन आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार काठमाडौ महानगरपालिकाको संयोजनमा आयोजना हुने प्रस्तुत सम्पदायात्रा मुलत विश्व सम्पदामा सूचिकृत सम्पदा क्षेत्र हनुमानढोकादेखि अर्को विश्व सम्पदास्थल स्वयम्भूसम्मका ऐतिहासिक महत्व उजागर गर्नु रहेको बताईएको छ ।   पत्रकार सम्मेलनमा सम्पदा यात्राका संयोजक समेत रहेका कामपा प्रमुख प्रमुख विद्यासुन्दर शाक्यले मुर्त र अमुुर्त सम्पदाबारे जानकारी दिदै पर्यटनको प्रबद्र्धन सहित संरक्षण तथा प्रचारप्रसार गर्न पदयात्रा गरिन लागेको जनाउ दिनु भएको छ ।

त्यस्तै उहाँले काठमाडौं क्षेत्र नं.७ र ८ का  माननिय सदस्यहरु, हनुमान ढोकासँग जोडिएका ४ वटा वडा लगायत पदयात्रामा रहेको वडा नं. १८ र १५ का वडाध्यक्ष सहित सम्पदा पदयात्रासँग सम्बन्धित धार्मिक सांस्कृतिक समूह लगायत स्थानीय व्यक्तित्वहरुको संलग्नतामा थप आयोजक समिति समेत गठन गरिएको जानकारी दिनु भएको छ ।

 त्यस्तै पत्रकार सम्मेलनमा काठमाडौ क्षेत्र नं ८ का लागि संघीय संसदका  सदस्य जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकामा रहेको संस्कृति र सम्पदाको संरक्षण एवम जगेर्ना गर्दै पर्यटन प्रबद्र्धन गरि उपत्यकाको आर्थिक समृद्धिमा नयाँ आयाम थप्नुपर्नेमा जोड दिनु भएको छ ।

 बैशाख २ गते संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले हनुमानढोकामा उद्घाटन गरि प्रधानमन्त्री केपी ओलीले स्वयम्भू भूइँखेल मैदानमा समापन गर्ने कार्यक्रम रहेको प्रस्तुत सम्पदा यात्रा कार्यक्रममा स्थानीय मरु गणेश, काष्ठमण्डप, मरुहिटी, सन्तानेश्वर महादेव, मरु बही, बन्जा हिटी, दमाई टोल, नरदेवी, लोकेश्वर मूर्ति, भूइँखेल हुँदै स्वयम्भूसम्मको पदयात्राको मार्ग व्यवस्थापन गरिएको छ । त्यस्तै समितिले वैशाख २ गतेदेखि सरसफाइ, खेलकुद, चित्रकला प्रदर्शनीलगायतका सप्ताहव्यापी कार्यक्रम गर्ने जनाएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।