शुक्रबार, चैत्र १६, २०८०

विराटनगर जतुुवा गोलीकाण्डको भत्र्सना सहित महासंघले आज माइतीघर मण्डलामा प्रदर्शन गर्ने

काठमाडौं चैत २७ , धर्मगुरु स्वामी श्रीनिवास आचार्यमाथि विराटनगर–१४ स्थित जतुुवामा शनिबार राती भएको गोली प्रहारको घटनाको विरोधमा आज र विश्व हिन्दू महासंघ अन्र्तराष्ट्रियको अगुवाइमा विभिन्न संघसस्थाहरुले राजधानीको माइतीघर मण्डलामा दवाव मुलक विरोध कार्यक्रमको आयोजना गर्ने भएको छ । यसको लागि महासंघले सम्पूर्ण ओमकार परिवारलाइ सक्रिय सहभागिताको लागि अनुरोध गरेको छ ।

यसअघि महासंघले प्रेस विज्ञप्ति प्रकाशित गर्दै आचार्यमाथि भएको घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारवाही गर्न माग समेत गरिसेको छ । त्यस्तै यसैवीच गुरु श्रीनिवास आचार्य माथि भएको असामाजिक र अपराधिक सामाजिक तथा धार्मिक सद्भाव बिथोल्ने घटनाको सर्वत्र निन्दा गर्दै विरोधका कार्यक्रमको आयोजना गरिएको छ । यसैक्रममा विभिन्न हिन्दूवादी संघ संगठनको सामूहिक आयोजनामा माइतीघरमा घटनाका दोषीमाथि कारवाहीको माग गर्दै सोमबार दिउँसो प्रदर्शन गरिएको थियो ।

विरोध कार्यक्रममा सहभागीहरुले ‘विदेशी शक्तिको चलखेल बन्द गर, युरोपियन युनियन फिर्ता जाउ, गौहत्या बन्द गर, हिन्दू राष्ट्र कायम गर, विदेशी दलाललाई कारवाही गर, गृहमन्त्री राजीनामा देउ,  ओली सरकार मुर्दावाद’ जस्ता नारा लगाएका थिए।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।