शनिबार, बैशाख ८, २०८१

विपद् व्यवस्थापनमा रेडक्रस झापालाइ सर्वोत्कृष्ट पुरस्कार

सविता भण्डारी / बिर्तामोड चैत ३०,    नेपाल रेडक्रस सोसाइटी झापा विपद् व्यवस्थापनका लागि देशमै सर्वोत्कृष्ट भोषित भएके छ । रेडक्रसको ४७औं केन्द्रीय महाधिवेशनमा रेडक्रस झापालाई सर्वोत्कृष्ट जिल्ला घोषणा गर्दै आपदा प्रबन्ध पुरस्कार नगद १० हजारसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिएको हो । ।

यसअघि सिन्धुलीमा सम्पन्न ४६औं महाधिवेशनमा दोस्रो र हेटौडामा सम्पन्न ४५औं महाधिवेशनमा झापा पहिलो भएको थियो । रेडक्रस सोसाइटी झापाले विपद् व्यवस्थापनमा उत्कृष्ट हुँदै आपदा प्रबन्ध पुरस्कारसँगै रडक्रसका विभिन्न गतिविधिमा पनि देशकै सर्वोत्कृष्ट दोस्रो भएको छ ।

पुरस्कार नेपाल रेडक्रसका केन्द्रीय सदस्य भक्त खवास, जिल्ला सभापति लोकराज ढकाल, मन्त्री चन्द्रप्रसाद चुडाल, कोषाध्यक्ष ओमप्रकाश गौतम, उपकोषाध्यक्ष हेम खड्का, नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखा सभापति सजेश शिवाकोटी र सचिव मनोज अग्रवालले संयुक्त रुपमा ग्रहण गरेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।