शुक्रबार, चैत्र १६, २०८०

रश्मिलाज फेसियल हाउसद्दारा शुभकामना सहित व्यक्ति विशेष सम्मानीत

  काठमाडौं बैशाख २ , अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सुबिधा सम्पन्न एवम् चर्चित तथा सुन्दरताको पारखीहरुको सर्बाधिक रोजाईमा परेको रश्मिलाज फेसियल हाउसले नेपाली नया बर्ष २०७५ धमाका का साथ मनाएको छ ।
नया बर्षको उपलक्ष्यमा बर्षेनी आफ्नो सम्पूर्ण कर्मचारी लगायत पत्रकार सेलिब्रेटी,गायक तथा समाजसेवीहरुको माझ बनभोज कार्यक्रम गरेर नया बर्षको शुभकामना आदान प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसले यो बर्ष पनि टोखाको रमणीय रिसोर्टमा एक भब्य कार्यक्रमको आयोजना गरि मनाएको हो । उक्त बनभोज कार्यक्रममा राष्मिलाज फेसियल हाउसलाई महत्वपुर्ण योगदान पुर्याउने सञ्चारकर्मी, पत्रकार, फेशन डिजाइनर, मोडल तथा गायकहरुलाई सम्मान तथा मायाको चिनो समेत प्रदान गरिएको थियो ।

सञ्चारकर्मी सूर्य चन्द, चर्चित फेसन डिजाइनर काजल थापा,वरिष्ठ सौन्दर्यबिद सोनी काररंजितलाई बिषेश योगदान पुर्याए बापत रश्मिलाज फेसियल हाउसका सञ्चालक प्रकाश श्रेष्ठ र रश्मिला श्रेष्ठले सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

चर्चित गायिका टिका प्रसाई, गायक लेखराज गुरुङ, नायिका खुस्बु खड्का, अभिनेत्री कबिता शर्मा,समाजसेवी चम्पा नेपाल, समाजसेवी रमेश श्रेष्ठ लगायत अन्य धेरै व्यक्तित्वहरुलाई समेत उक्त अवसरमा मायाको चिनो प्रदान गरिएको थियो । त्यसैगरि राष्मिलाज फेसियल हाउसमा बर्ष भरि काम गरेर ग्राहकहरुलाई उत्कृष्ट सेवा पुर्याए स्वरूप चार जनालाई बर्ष उत्कृष्ट कर्मचारी इम्प्लोई अफ द एयर समेत प्रदान गरिएको थियो ।   मुख्य शाखा काठमाडौं मलमा रहेका यो फेसियल हाउसको अर्को शाखा गोंगबुस्थित बिजि मलमा रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।