शुक्रबार, बैशाख ७, २०८१

यातायातसँग सम्बन्धित सबै संस्थाको दर्ता र नवीकरण नगर्न नगराउन जिल्ला प्रशासन कार्यालयलाइ निर्देशन

काठमाडौं वैशाख ४ , आज बसेको मन्त्रिपरिषद बैठकमार्फत सरकारले यातायातसँग सम्बन्धित सबै संस्थाको दर्ता र नवीकरण जिल्ला प्रशासन कार्यालयमा नगर्न नगराउन निर्देशन दिएको छ । सन्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाका अनुसार  अब त्यस्ता संस्थाहरुले कम्पनी वा सम्बन्धित मन्त्रालयको संरचनामा दर्ता गर्नुपर्ने निर्णय गरेको जानकारी दिनुभएको छ ।  यसअघि यातायात समिति संस्था दर्ता ऐन २०३४ अनुसार गैरसरकारी संस्थाकारुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता हुँदै आएको थियो ।

  यसैगरी, बैठकले काठमाडौंको बाहिरी चक्रपथको डीपीआर स्वीकृत गर्दै सतुंगल क्षेत्रको ६।६ किलोमिटर क्षेत्रको जग्गा काठमाडौं उपत्यका विकास प्राधिकरणलाई उपलब्ध गराउने र चिनी उद्योग र कृषकका लागि चिनी भन्सार महसुल ३० प्रतिशत वृद्धि गर्ने निणर््य गरेको छ भने बैठकले प्रदेश र केन्द्रको आन्तरिक सुरक्षा व्यवस्थासम्बन्धी कार्यकारी निर्देशन जारी गर्दै सो निर्देशन कानुन तर्जुमा वा परिमार्जन नहुन्जेलसम्मका लागि हुने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2018
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031