शनिबार, बैशाख ८, २०८१

यस्तो छ टेलिकमको नयाँ वर्षको नयाँ अफर

 काठमाडौं चैत ३० नेपाल टेलिकमले नयाँ वर्ष २०७५को अवसरमा  आफ्ना उपभोक्ताको थप सुविधाका लागि ‘नयाँ वर्ष अफर २०७५’ उपलब्ध गराउने भएको छ ।  उक्त अफर २०७५ वैशाख १ देखि लागू भई १५ गतेसम्म लिन सकिने टेलिकमद्दारा आज विज्ञप्तिमार्फत उल्लेख गरिएको छ । जारी अफरअनुसार जिएसएम सिडिएमए प्रिपेड/ पोष्टपेड मोबाइलमा ह्यापी विकेण्ड प्याक अफर प्रयोग गर्न सकिनेछ । यो प्याकअन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन एक जिबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याक रु १०० मा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि हुने टेलिकमले जनाएको छ ।

अनलिमिटेड नाइट डाटा प्याकअन्तर्गत जिएसएम/ सिडिएमए प्रिपेड/ पोष्टपेड मोबाइलमा अनलिमिटेड नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । त्यस्तै टेलिकमले एडिएसएल भोलुम वेस्ड प्याकेजअन्तर्गत रु २००मा १५ जिबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी रु ३०० मा २५ जिबी डाटा र रु ४०० मा ४० जिबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ ।  एडिएसएल अनलिमिटेड प्याकेजअन्तर्गत रु ७०० मा अनलिमिटेड डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ ।  त्यसैगरी रु तीन हजार ७५० को प्याकेजमा अनलिमिटेड डाटा १८० दिनसम्म र रु सात हजारको प्याकेजमा अनलिमिटेड डाटा ३६० दिनसम्म प्रयोग गर्न सकिने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।