शनिबार, बैशाख ८, २०८१

मेरै गल्ति भनि  बुझ्न थालेको छु (गजल)

पहिलेका तिम्रा मनका भेद  बुझ्न थालेको छु।
जे गरें मेरै गल्ति भनि  बुझ्न थालेकोछु।

 तिम्रो अनुरोधलाई  मेरो अहमले लत्याईदियो।
निर्मोही त्यो दिन बन्दुकले  दाग्न थालेको छु। 

जे भयो सब कालो भयो मेरो दुर्भाग्य
आफैलाई धिक्कार छ भनि कोस्न थालेको छु।

हजारपल्ट रोएं म तिम्रो नाम लिई 
भगवानसंग फेरी तिमीलाई  माग्न थालेको छु।

मान्छु सुखी छ, तिम्रो अहिलेको संसार
तैपनि हाम्रो छुट्टै संसार  रच्न थालेकोछु।

स्वीकार या बगाईदेऊ अब तिम्रो खुशी 
तिमीलाई भनि सिन्दुर पोते  सांच्न थालेको छु।

 
-प्रेरक श्रेष्ठ
हाल अष्ट़ेलिया